Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आजको मौसम : वर्षा हिमपात र हावाहुरीको सम्भावना

  •   ३ महिना अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय  वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको  छ। यसको अहिले प्रभावले लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।

आज आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कर्णाली प्रदेश, कोशी प्रदेशगण्डकी प्रदेशको पहाडी भूभागको थोरै र बाँकी  पहाडी भूभागको एकदुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रही कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका  एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेशका पहाडी भूभागमा मध्यान्ह पछि हावा हुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत पर्वतारोहण, पर्यटन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप