Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको मौसम : वर्षा र हिमपातका साथै हावाहुरीको पनि सम्भावना

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ। यसको प्रभावले हाल मधेस प्रदेश र कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहको छ ।

आज आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ भने गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानह र कोशी प्रदेशका साथै गण्डकी प्रदेश , बागमती प्रदेश र मधेस प्रदेश र लुम्बिनी  प्रदेशको पूर्वी भूभागरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

आज राति  गण्डकी  प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

  • न्युज बहार संवाददाता

थप