चैत २१, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत सुदूरपश्चिम
प्रदेशमा आंशिक बदली रहेको छ ।
आज
दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश
लगायत
देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही कर्णाली प्रदेश, गण्डकी प्रदेश,
कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ।
आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका
पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता