कार्तिक
१८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले शनिबार देशको पहाडी भू-भागहरूमा आंशिक बदली
रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
आज देशको
पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
रहेको छ भने साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का
हिमपातको सम्भावना समेत रहेको छ। गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको
पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहनेछ।
- न्युज बहार संवाददाता