बैशाख ५, काठमाडौँ । देशमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।
यस्तै आज तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको र उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलोको लाग्ने सम्भावना रहेको छ ।
आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाको पुर्वानुमान रहेको छ।
- न्युज बहार संवाददाता