चैत १२, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको जनाएको छ। यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जानकारी मौसम पुर्वानुमान महाशाखाले गराएको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
- न्युज बहार संवाददाता