जेठ २, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका
साथै
भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । यसको
प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेता पनि बाँकी भूभागमा मौसम सफा रहेको
छ।
आज
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही कर्णाली प्रदेश, लुम्बिनी
प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका
एक–दुई
स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज
राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली
रहने महाशाखाले जनाएको छ। ।
- न्युज बहार संवाददाता