Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज देशभर साधरणतया बदली रहने, यी प्रदेशमा वर्षा र हिमपात हुने

  •   २ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । यसको प्रभावले आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।

आज आइतबार दिउँसो देशभर साधरणतया बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षाका साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षा तथा यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति देशभर आंशिक देखि साधरणतया बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वर्षा र हिमपातका कारण देशभर चिसो बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउनु होला । 

  • न्युज बहार संवाददाता

थप