जेठ १४, काठमाडौँ । देशमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहिरहेको छ। पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले अहिले कोशी प्रदेश र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ भने देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने यी तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ।
- न्युज बहार संवाददाता