फागुन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल
देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
दिउँसो भने सुदूरपश्चिम प्रदेशका साथै
प्रदेश एक र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाका जानकारी दिएको छ। राति भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत
प्रदेश एकको पहाडी भू–भागमा
आंशिक बदली रही बाँकी भू–भागमा
मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले तराईका थोरै भू–भागमा भने बिहानी पख हुस्सु र कुहिरो
लाग्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।