फागुन १७, काठमाडौँ । जल तथा
मौसम विज्ञान विभागले हिउँदे याम नसकिदै यसपाली देशभर प्रि–मनसुन सुरु भएको बताएको छ । विभागकी मौसमविद् मञ्जु बासीका अनुसार
हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि प्रि-मनसुन सुरु भएको छ । यसरी आजबाट सुरु भएको प्रि– मनसुन तीन महिनासम्म रहनेछ भने प्रि– मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने मौसमविद् मञ्जु बासीले बताईन।
प्रि–मनसुन सकिए लगतै जुन जुलाईबाट मनसुन
सुरु हुने उनले बताएकी छिन।
प्रि–मनसुनको समय चलिरहेको बेलामा दिउँसो
मेघगर्जन र चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसम
पुर्वानुमान महाशाखाले बताएका छन्। यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको
प्रभाव धेरै हुने गरेको बताइएको छ।
मौसमविद् बासीले स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन्। उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसपालीको वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही दिनअघि काठमाडौँ, पोखरासहित हिउँदयाम सकिने बेलामा केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो।