Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देशका केहि भागमा वर्षा हुने सम्भावना बढ्यो, काठमाडौँमा पनि हल्का वर्षा हुन सक्ने

  •   ३ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

माघ १६, काठमाडौँ । यो वर्षको हिउँदे वर्षा हुने भएको छ । देशका केहि भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मोसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले देशका मध्य तराईका केही स्थानहरूमा साथै पुर्वी र पश्चिमी तराईका थोरै भागहरूमा हुस्सु र कुहिरो लागेको जनाएको छ । यसका साथै देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पुर्वानुमान गरिएको छ। आज सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक-दूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पूर्वानुमान मोडेलहरुले र काठमाडौँमा भने हल्का वर्षा हुने देखाएको र आगामी सोमबारदेखि अर्को नयाँ प्रणालीको प्रभावले पुनः वर्षा गराउने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र बिहीबार देखि पश्चिम पोखरामा दिनभर राम्रै वर्षा हुने देखिन्छ । पश्चिममा शुक्रबार बिहानसम्म पनि वर्षाको सम्भावनाका साथै अन्त भने हल्का वर्षा हुने सम्भावना रहेको छ ।

  • न्युज बहार संवाददाता

थप