चैत ११, काठमाडौँ । देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका पहाडी भू-भाग लगायत सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि
सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले
जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेशमा भने मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
शनिवार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आज देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।
- न्युज बहार संवाददाता