माघ २७, काठमाडौँ । मौसम पूर्वानुमान
महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। पश्चिमी वायुका
प्रभावले बागमती प्रदेश प्रदेश एकर र गण्डकी प्रदेशका पहाडी
भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली तथआ उच्च पहाडी तथा भू-भागका थोरै
स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी
तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख
हुस्सु लाग्ने सम्भावना रहेको हुनाले महाशाखाले सडक, दैनिक जनजीवन, स्वास्थ्य, तथा हवाई यातायातमा
सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।