पुस २१, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ । यसको प्रभावले गण्डकी प्रदेश र शनिबार कोशी प्रदेशको उच्च पहाडी तथा
हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशभर
चिसो बढ्ने र तापक्रम घट्ने क्रममा रहेको छ । आज राजधानी काठमाडौँको न्यूनतम
तापक्रम ३.५ डिग्री सेल्सियससम्म पुगेको छ । आज जुम्लामा सबैभन्दा चिसो माइनस ६.६
डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
- न्युज बहार संवाददाता