असोज २६, काठमाडौँ । नेपालको पूर्वी तथा मध्य भागमा हाल मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै आज राति भने कोशी प्रदेशको थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता