पुस १२, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन
। अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा
रहेको छ।
आज
बिहिबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक
बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आज
राति पनि बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा
मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता