पुस २२, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल गण्डकी प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका क्षेत्रमा केही स्थानमा हुस्सु लागेको छ।
आज आइतबार दिउँसो बागमती प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राति भने कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता