पुस ३, काठमाडौँ
। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले हाल देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली
रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज मंगलबार
दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश,
बागमती प्रदेश
र कोशी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा रहनेछ।
आज राति
भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा
आंशिक बदली रही आगामी तीन दिनसम्म मौसम सामान्यतय सफा रहने छ ।
- न्युज बहार संवाददाता