माघ ७, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले आइतबार देशको पहाडी भू-भागमा आंशिक
देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
आज
आइतबार कर्णाली प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा
हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश स्थानहरूमा
हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक स्वास्थ्य, जनजीवन, यातायात तथा हवाई यातायातमा
प्रभाव पर्न सक्ने महाशाखाको जनाएको छ ।
- न्युज बहार संवाददाता