Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालमा मिचाउङ नामक सामुद्रिक आँधीका आंशिक प्रभाव, हिमपात र वर्षाको सम्भावना

  •   ३ वर्ष अघि | २० मंसिर २०८०, बुधबार

मंसिर २०, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव  रहेको छ । यसको प्रभावले हाल मधेस प्रदेश र कोशी प्रदेशका साथै  देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भुभागमा मौसम सफा रहेको छ ।

आज बुधबार दिउँसो बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ ।

त्यसैगरी आज राति गण्डकी  प्रदेश, बागमती प्रदेश , मधेस प्रदेश र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती पनि कोशी प्रदेशका र मधेस प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप