चैत
१३, काठमाडौँ । आज सोमबार देशभरको मौसम सामान्यतया सफा रहने मौसम पुर्वनुमान
महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले सोमबार दिउँसोसम्म देशका केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने जानकारी गराएको छ।
महाशाखाको
पुर्वानुमान अनुसार आज दिउँसो देशको केही पहाडी भू–भागका स्थानहरुमा मेघगर्जन र
चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आगामी
चौबिस घन्टामा कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानमा
हावाहुरी, मेघगर्जन
र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यसकारण यसवाट क्षति हुन नदिन आवश्यक
सतर्कता अपनाउन विभागले अनुरोध समरत गरेको छ।
- न्युज बहार संवाददाता