चैत ८, काठमाडौँ
। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको विहार आसपास रहेको न्यून
चापीय प्रणाली र पश्चिमी न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसको
प्रभावले हाल गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश
र कोशी प्रदेश
लगायत सुदूरपश्चिम
प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा समेत साधारण देखि अधिकांश बदली रहेको
छ। बागमती प्रदेश, कोशी प्रदेश , गण्डकी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि
हल्का वर्षा र हिमपात भइरहेको छ ।
आज बिहिबार
राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही गण्डकी प्रदेशका पहाडी भू-भागका
केही स्थानहरूमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता