Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

के होलीको दिन पानि पर्छ?

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

फागुन २८, काठमाडौँ । नेपालमा भोली (बिहिबार) र पर्सी (शुक्रबार) रंगहरुको पर्व होली मनाइँदै छ । जल तथा मौसम विज्ञान विभागका मौसमविदका अनुसार भोली र पर्सी (फागुन २९ र चैत १ गते) को दिन पनि राम्रोसँग घाम लाग्ने छैन ।

यस वर्षको होली पर्व पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते परेको छ ।

मौसमविदका अनुसार होलीसम्म घाम राम्रोसँग लाग्ने छैन  भने आगामी तीन दिनसम्मै घाम खुलेर नलाग्ने र घाम–बादल, घाम–बादल मात्रै भइरहने सम्भावना छ ।

अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुका साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायुको प्रभाव छ । यही वायुको प्रभावले देशभर नै बादल लागिरहेको छ ।

मौसमविदहरुले जनाए अनुसार यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन ।

  • न्युज बहार संवाददाता

थप