असोज ३०,
काठमाडौँ । नेपालमा हाल पश्चिमी बायुको प्रभाव रहेको छ। यसको प्रभावले आज देशभर
आंशिकदेखि सामान्य
बदली रहेको छ।
आज मंगलबार
दिउँसो लुम्बिनी
प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक
देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही यी तिनै प्रदेश लगायत देशका पहाडी
भूभागका थोरै र
तराईका एक दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको
उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना
रहेको छ।
त्यस्तै आज
राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि
सामान्य बदली रहि देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता