मंसिर
१७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक
प्रभाव रहेको छ । यसको प्रभावले गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा
आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज
दिउँसो गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम
सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज
राति भने
कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश,
बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक
देखि सामान्य बदली रही लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका
पहाडी भूभागका एक–दुई
स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कर्णाली प्रदेश र गण्डकी प्रदेशका
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता