असोज ६, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ भने नेपालमा भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
आज शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने यी चार प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी गण्डकी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश, मधेस प्रदेश लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता