Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कस्तो छ तिन दिनको मौसम? हिमपात हुने सम्भावना छैन बर्षा पनि नहुने ।

हिमपात र वर्षा हुने सम्भावना छैन ।

  •   ४ वर्ष अघि | १९ माघ २०७९, बिहिबार

प्रभावले देशका पहाडी भू-भागहरूमा केही दिन यता आंशिक बदली रहेको देख्न पाईन्छ। तराईका केही  भू-भागहरूमा हल्का हुस्सु लागेको छ तर महाशाखाले बताए अनुसार देशभर वर्षा र हिमपातको सम्भावना नरहेको प्रष्ट हुन सकिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ भने राती  प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

भोलि शुक्रबार देशका अधिकांश पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यसै गरी शनिबार पनि प्रदेश नं. १ र  गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तराईमा लागेको हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको हुनाले सम्बन्धित सबैलाई सचेत गराएको छ।

थप