असार ४, काठमाडौँ
। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको
तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको
छ। यसको प्रभावले मंगलबार बिहान गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश
र कोशी प्रदेशमा पूर्ण बदली भइ यी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का
देखि मध्यम वर्षा भइरहेको छ।
आज
दिउँसो यी चार प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी
आज राति पनि यी चार प्रदेशमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानहरूमा तथा
बाँकी भूभागका एक–दुई
स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता