पुस ७, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले शनिबार देशको पहाडी भू-भागमा आंशिक
देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
आज कर्णाली
प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको
सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश
र कोशी
प्रदेशको
उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले देशभरिको तापक्रम क्रमश:
घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन अनुरोध गरेको छ ।
- न्युज बहार संवाददाता