Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पहाडी भागमा वर्षा र तराईमा हावाहुरीको सम्भावना।

  •   ४ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

बैशाख ११, काठमाडौं । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आज सोमबार दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहि अपरान्ह पछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राती भने सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने र देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहने पुर्वानुमान महाशाखाको रहेको छ ।

  • न्युज बहार संवाददाता

थप