मंसिर २१, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्र साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश त कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज बिहिबार दिउँसो मधेस प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आज राति मधेस प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता