Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज यी स्थानमा वर्षा हुने सम्भावना

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

माघ २, काठमाडौँ । मौसम पुर्वानुमान  महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने तथा देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति कर्णाली  प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप