बैशाख ८,
काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहिरहेको छ।
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ त्यस्तै तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता