Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आज छ प्रदेशमा वर्षाको सम्भावना

  •   २ महिना अघि | २३ जेष्ठ २०८१, बुधबार

जेठ २३, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। अहिले गण्डकी प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज बुधबार दिउँसो बागमती प्रदेश , मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली कोशी प्रदेश गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही यी  एकदुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश  मधेस प्रदेशका एकदुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।  

  • न्युज बहार संवाददाता

थप