चैत २७, काठमाडौँ । देशमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावले सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पुर्वानुमान रहेको छ ।
यसै गरि आज गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ महाशाखाले जानकारी गराएको छ।
- न्युज बहार संवाददाता