जेठ ६, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहिरहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै आज शनिबार गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ।
कोशी प्रदेश र को तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले सजग रहन मगाशाखाले अनुरोध गरेको छ।
- न्युज बहार संवाददाता