बैशाख २६, काठमाडौँ । देशमा अहिले स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिलेको स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसन पुर्वानुमान महाशाकाले जनाएको छ ।
आज मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा-हुरीको सम्भावना समेत रहेको छ ।आज राति भने कोशी प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पुर्वानुमान गरिएको छ।
- न्युज बहार संवाददाता