Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  •   ३ वर्ष अघि | २५ कार्तिक २०८०, शनिबार

कार्तिक २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही  बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

आज शनिबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगी आज राति भने देशको हिमाली तथा उच्च पहाडी केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप