माघ ३, काठमाडौँ
। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई
भूभागमा हुस्सु लागेको छ।
आज
बुधबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश,
सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यी पाँच प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको
सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको
सम्भावना रहेको छ।
आज राति भने
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा
साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली
भूभागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता