चैत २०, काठमाडौँ । देशमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावले सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले बताएको छ।
आज सोमबार गण्डकी प्रदेश, कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि क्षणिक वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता