साउन ७, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनी वायुको आंशिक प्रभावले यतिबेला देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।
देशभर आज दिउँसो आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज आइतबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता