जेठ ११, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहिरहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश कोसी प्रदेश र केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले भनाइ छ।
आज राति पनि दिउँसो जस्तै देशभर आंशिक देखि सामान्य बदली रहने छ र मधेस प्रदेश, कोसी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता