असोज ९, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । यसका साथै नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। यसैको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
देशभर आज दिउँसो आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले
यी चारै प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
- न्युज बहार संवाददाता