जेठ ७, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र
पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले अहिले कर्णाली
प्रदेश, मधेस प्रदेश र कोशी प्रदेश
तथा गण्डकी प्रदेश
लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक
बदली रहेको छ।
आज देशको
तराई भू-भागका एक-दुई स्थान तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मा मेघगर्जन, चट्याङ र हावाहुरीसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशको
एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता