पुस ११, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको
प्रभाव रहेको छैन। हाल गण्डकी प्रदेश, कोशी प्रदेश
र बागमती प्रदेशका
पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज बुधबार
दिउँसो गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा
आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ यी तिन प्रदेशको उच्च
पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
त्यस्तै आज
राति बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा
मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले
चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन अनुरोध समेत गरेको छ ।
- न्युज बहार संवाददाता