जेठ १, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको
बिहार आसपास बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले अहिले
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ।
आज
मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागको
मौसम आंशिक बदली रहने छ । गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको थोरै
स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र
हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज
मंगलबार राति गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता