चैत ३०, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको
आंशिक प्रभाव रहेको जनाएको
छ। यसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज शुक्रबार
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बागमती प्रदेश कोशी
प्रदेश र गण्डकी
प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी
आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम
मुख्यतया सफा रहने छ भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता