माघ ५, काठमाडौँ
। मौमस पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै देशको तराईका अधिकांश भूभागमा
हुस्सु समेत लागेको छ।
आज शुक्रबार
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली
रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम समान्यतता सफा रहनेछ। कोशी प्रदेश र गण्डकी
प्रदेशका पहाडी भूभागका एक–दुई
स्थानमा हल्का वर्षाका साथै गण्डकी प्रदेश, बागमती प्रदेश, कोशी प्रदेश
र
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
आज राति
भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली
प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता