माघ ४, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक
देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।
साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ।
आज
दिउँसो गण्डकी प्रदेश, कोशी प्रदेश, र कर्णाली प्रदेशका पहाडी
भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्या सफा
रहनेछ। आज पनि देशका पहाडी भूभागका एक–दुई
स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका
र
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
त्यसैगरी
आज राति भने गण्डकी प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी
भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा
रहनेछ। बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश
र कर्णाली
प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता